आत्महत्या


Image result for atmahatya image












"आमा त्यो को हो?" छोरी प्रभाले शंकास्पद हेराईले आमा बिमलालाई प्रश्न तेर्स्याई।  हतप्रभत रहेकि आमाको अनुहारमा कालो बादल मडारिन थालेको थियो।  के गरौ कसो गरौ भयो । आफुलाई नियन्त्रणमा राख्दै बिमलाले भनिन् "त चिन्दिनस्,किन चाहियो तँलाई?"
तर आज यस्ता उत्तरले मान्नेवाली थिईन प्रभा त्यसैले भनिन् "नचिनेको मानिस हाम्रो घरमा किन आएको त?"  बिमलाको अनुहार हेर्नलायकको भएको थियो। उनको मुखाकृति हेर्दा एक किसिमको डर ,त्रास फैलिएको अनुभव सजिलै गर्न सकिने भएको थियो । बिमला चुप लागेर आफ्नो कोठाबाट निस्किएर सिधै बाथरुम तर्फ लागिन्। प्रभा पनि पछि पछि गैइन् तर ढोका बन्द भैसकेको थियो बाथरुमभित्रबाट त्यतिखेरसम्म। 


करिब आधा घण्टा पछि बिमला निस्किन्। अझै पनि प्रभा ढोका बाहिर उस्तै अवस्थामा खडा देखेर बिमला छिटो छिटो आफ्नो कोठातर्फ लागिन् तर आज प्रभाले ज्यान गएनि नछोड्ने अठोट लिएकी थिइन् कि प्राय रातमा आउने गरेका नयाँ नयाँ मानिसहरु को हुन्।  भर्खर १४ बर्ष लागेकि प्रभामा एक किसिमको कौतुहलताले आज बलियोसंग डेरा जमाएको थियो । 

उसले क्रोध आवेगसहित फेरि प्रश्न गरिन् "म आज जसरी भएपनि जान्न चाहन्छु,को हुन् तिनिहरु ? म अब सानो छुईन । मलाई सत्य कुरा भन्नुस आमा" छोरीको यस्तो ढिपी देखेर बिमलाको निधारमा पसिनाका थोपाहरु देखिन थालेको थियो। कति झुट कुराहरुले आज सम्म चलिरहेको थियो तर आज त्यस्ता कुराले प्रभा विश्वस्त नहुने देखेर"चुप लाग ,अलि सानो स्वरले बोल,भाई बहिनी उठलान्" भनिन् बिमलाले। 

प्रभा केहि संयमित भैइन् र उत्तरको प्रतिक्षामा आमाको रातो पिरो भएको अनुहार नियाल्न थालिन् । आफुलाई कुनै कैदिलाई झै परिबन्दमा पारेको देखेर बिमला एक्कासी भक्कानिएर रुन थालिन्। भक्कनिदै उनले बेदनाहरु पोख्न थालिन् "प्रभा मलाई माफ गरिदेउ, म विवश छु । मैले तिम्रो बाबुको देहान्त पछि तिमीहरु लालनपालन,पढाई खर्च धान्न नसकेर देहव्यापार गर्न थालेकी हुँ । म संग अरु कुनै विकल्प थिएन।"

प्रभा छाँगाबाट खसे जहि भैइन्।उसलाई पुरै ब्रम्हाण्डनै आफुमाथि खनिए जस्तै लाग्न थालेको थियो। कुनै भुत्ते खुकुरीले पटक पटक रेटिएको भान गरिन्। थच्चक्क भुईँमा बसिन् र सुक्कँ सुक्कँगरि रुन थालिन्। "यस्तो काम गर्नु भन्दा हामीलाई मारिदिनुभएको भए हुन्थ्यो नि आमा । किन यस्तो पेशा अंगाल्नु भएको ? अब गाँउलेले थाहा पाए भने हामीले कसरि मुख देखाउने" भनेर बलिन्द्र आशुँको धारा बगाउन थालिन् प्रभाले। 

बिमला भावशुन्य भैइन्। कोठामा एकप्रकारको सन्नाटा छाएको थियो।बाहिर किराहरुको साम्राज्य चलेको ले भित्रसम्म पनि किरहरु कराएको आवाज प्रष्टैसंग सुनिरहेको थियो। केहिछिन पछि प्रभा जुरुक्क उठेर आफ्नो कोठातर्फ लागिन्।जाँदा जाँदै उनले" हामीलाई नपढाएको भए पनि हुन्थ्यो । कमसेकम आज यो दिन आउँदैन थियो।"
बिमलाले प्रभाको कोठाको ढोका ड्याम्म बन्द भएको सुनिन् । सुक्सुकाउदैँ भारी मन लिएर ओछ्यानमा पल्टिन् बिमला। बिहानको ८ बजिसकेको थियो।बिमला सधैँको झै आफ्नो बिहानको घरधन्दा सकाएर आउँदा पनि प्रभाको कोठाको ढोका नखुलेको देखेर ढोका ढकढक्याउन थालिन्।" स्कुल जाने बेला भैसक्यो किन न उठेकी? प्रभा ए प्रभा" भन्दै ढोकामा हिर्काईन्।

तर भित्र बाट कुनै प्रतिउत्तर न आएपछि जोड जोडले ढोकामा हान्न थालिन्।मनमा नानाभाँतीको शंकाले बास जमाउन थालेको थियो बिमलाको मनमा। "प्रभा ए प्रभा"ठुलो ठुलो आवाजले बोलाउन थाले पछि उनको चर्को र अत्यासिएको स्वर सुनेर वरिपरिका छिमेकीहरु जम्मा हुन थाले। सबैले प्रभाले यतिखेरसम्म ढोका नखुल्नुको पक्कै पनि कुनै गलत घटना भएको आशंका गरे। 

सबैको सल्लाह बमोजिम ढोका फुटाए। उफ्; रातो सलले आफ्नो घाँटीमा पासो लगाईकोठाको सिलिङ्मा झुण्डिएर आत्महत्या गरेकी प्रभाको लास देखेर सबैमा कोलाहल मच्चियो भने बिमला अचेत हुन पुगि।सबै मिलेर उनलाई अर्कै कोठामा लगेर राखे। केहिले प्रहरीलाई फोन गरेर सुचना दिए। केहि छिनमै घटनास्थलमा प्रहरी आईपुगिसकेको थियो।प्रभाको कोठाको राम्ररी निरिक्षण गरेपश्चात उनिहरुले प्रभाको हस्ताक्षर सहितको पत्र प्राप्त गरे जसमा प्रभाले आफ्नो मृत्युको दोष कसैलाई पनि नजाने र आफुलाई जिवन देखि वितृष्णा जागि देह त्याग गरेको व्यहोरा उल्लेख गरेकी थिईन्।

यो घटना पश्चात गाउँघरमा प्रभाले आत्महत्या गर्नुको कारणको बारेमा बिभिन्न अड्कलबाजीहरु हुन थालेको थियो। कोहि प्रेममा धोका भएकोले आत्महत्या गरेको हुन सक्छ भन्दै थिए भने कोहि नजिकै आईरहेको S.L.C. परीक्षाको प्रेसरले गर्दा हुन सक्ने आशंका गर्दै थिए तर कसलाई के थाहा प्रभा आफ्नो आमाले रोजेको पेशाबाट असन्तुष्ट भएर देहत्याग गरेकि थिइन् भनेर सिवाय बिमलालाई बाहेक।

प्रभाले देहत्याग त गरिन् तर उनले बाबुको मृत्यु आफु ८ बर्षको हुदाँ भएको ,घरमा स साना नानीहरुको रेखदेख लगायात राम्रो बोर्डिङ्मा पढाएर ठुलो मान्छे बनाउने महत्वाकांक्षा बोकेको बिमलाले सम्पतीकोको नाममा त्यो एउटा सानो कच्ची घर बाहेक कुनै आम्दानीको स्रोत नहुदाँ समाजमा मान्यता नपाएको घृणित पेशा बाध्यताबश अंगालेको कुरालाई अत्मासाथ गर्न  सकिनन  भने बिमलाले विकल्पको रुपमा अरुनै कुनै पेशा रोजेको भए आज यस्तो कहालीलाग्दो दिनको सामना गर्नु पर्ने थिएन होला। 

आजकल प्रभाको स साना भाइ र बहिनी स्कुल जाँदैनन्। उनिहरु आमा बिमलासंगै मजदुरी गर्न जान्छन् ।

Comments

Popular posts from this blog

Facebook love

के यो माया हो !