आत्महत्या
"आमा त्यो को हो?" छोरी प्रभाले शंकास्पद हेराईले आमा बिमलालाई प्रश्न तेर्स्याई। हतप्रभत रहेकि आमाको अनुहारमा कालो बादल मडारिन थालेको थियो। के गरौ कसो गरौ भयो । आफुलाई नियन्त्रणमा राख्दै बिमलाले भनिन् "त चिन्दिनस्,किन चाहियो तँलाई?" तर आज यस्ता उत्तरले मान्नेवाली थिईन प्रभा त्यसैले भनिन् "नचिनेको मानिस हाम्रो घरमा किन आएको त?" बिमलाको अनुहार हेर्नलायकको भएको थियो। उनको मुखाकृति हेर्दा एक किसिमको डर ,त्रास फैलिएको अनुभव सजिलै गर्न सकिने भएको थियो । बिमला चुप लागेर आफ्नो कोठाबाट निस्किएर सिधै बाथरुम तर्फ लागिन्। प्रभा पनि पछि पछि गैइन् तर ढोका बन्द भैसकेको थियो बाथरुमभित्रबाट त्यतिखेरसम्म। करिब आधा घण्टा पछि बिमला निस्किन्। अझै पनि प्रभा ढोका बाहिर उस्तै अवस्थामा खडा देखेर बिमला छिटो छिटो आफ्नो कोठातर्फ लागिन् तर आज प्रभाले ज्यान गएनि नछोड्ने अठोट लिएकी थिइन् कि प्राय रातमा आउने गरेका नयाँ नयाँ मानिसहरु को हुन्। भर्खर १४ बर्ष लागेकि प्रभामा एक किसिमको कौतुहलताले आज बलियोसंग डेरा जमाएको थियो । उसले क्रोध आवेगसहित फेरि प्रश्न गर